Logo

कांग्रेस–एमालेको सरकार बन्ने अवस्था छैन् : साउद



काठमाडौं, १५ बैशाख। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एनपी साउदले तत्काल एमालेसँग आफ्नो दलको सत्ता–सहकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार बनाउने हल्ला चलिरहेको बेलामा कांग्रेस नेता साउदले वीरगञ्ज पुगेर उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

यद्धपी उनले मुलुक र जनताको लागि हित हुने गम्भीर विषयमा संविधान संशोधन गर्नुपरे त्यसको लागि दुई दलबीच सहकार्य हुनसक्ने संकेत गरे । उनले भने,‘नेपाली कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ । जहाँसम्म विभिन्न समीकरणका कुराहरु छन् । नेपाली कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्नेछौँ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot