Logo

काहुले खानेपानी आयोजना सम्पन्न



गोरखा, १५ चैत । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।

लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

“आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट १८ लाख ९४ हजार खर्च भएको छ”, उनले भने, “त्यस्तैबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि २५ लाख खर्च गरेको छ ।”

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुई सय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । “घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भने, “अब पानी लिन जानुपर्ने समयमा अन्य काम गर्न सहज भएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्