Logo

खोटाङ सेवा समाज बेलायतले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने



काठमाडौं,१५ चैत । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए ।

विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै, यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए ।

चैत १६ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताईएको छ । शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधी वितरण निःशुल्क गरिने समाजले जानकारी दिएको छ ।

स्वास्थ्य शिविर संचालन जानकारी सभाको उद्घाटन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरबाट दूरदराजमा रहेका र विशेषज्ञ स्वास्थ्य सेवाबाट बञ्चित रहेका विरामीहरूलाई राहत पुग्ने विश्वास गरेका छन् ।

कार्यक्रममा प्राईम टेलिभिजनका महाप्रबन्धक गणेश थापाले

थापाले स्वास्थ्य शिविर ग्रामिण बस्तीमा रहेका र स्वास्थ्यमा पहुँच नपुगेका नागरिकका लागि तत्कालको समस्या र पहिचान भएकाले ग्रामिण वस्तीमा रहेका र विशिष्ट स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका नागरिकका लागि राज्यले स्थायी स्वास्थ्य सेवा प्रदानका लागि विशेषज्ञ डाक्टरको स्थायी व्यवस्था गर्न नसकेको बेला डायस्पोरामा रहेका सबै नेपालीको सहकार्यबाट सबै स्थानिय तहमा पुर्णकालिन चिकित्सकको व्यवस्था गरी १२ महिना २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए । जुन कुरा अहिले संचालन गरिने स्वास्थ्य शिविरमा लाग्ने खर्चमा भन्दा कम खर्च लाग्ने र सर्वकालिन सेवा प्रदान गर्न सकिने हुँदा त्यसतर्फ ध्यान केन्द्रित गर्न खोटाङ सेवा समाज बेलायतलाई थापाको आग्रह थियो ।



प्रतिक्रिया दिनुहोस्