Logo

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो अ‍ोभरमै विकेट



काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिले बलिङ गरिरहेको नेपाल ए ले पहिलो ओभरमै विकेट हात पारेको छ । खेलको दोस्रो बलमै आयरल्याण्डका निक रकलाई कमलसिंह ऐरीले आउट गरेका हुन् । पहिलो ओभर सकिँदा १ विकेट गुमाएर आयरल्याण्डले ७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्