Logo

राष्ट्रिय सभामा उठ्यो गाँजाखेती र लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्नुपर्ने माग



काठमाडौं । राष्ट्रिय सभामा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने माग उठेको छ ।

आज बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउन स्थानीय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सापकोटाले अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन गाँजा खेती र लोकल रक्सीलाई ब्राण्डिङ गर्नुको विकल्प नरहेको जिकिर गरिन् । ‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ’ उनले भनिन् , ‘तर, स्थानीय प्रशासनले त्यस्तो लोकल रक्सीनै फालिदिन्छ ।’

सापकोटाले गाँजा नेपालको नेपालीको सम्पत्ति रहेको दाबी गर्दै यसलाई पनि वैधानिकता दिनुपर्ने बताईन् । उनले भनिन्, ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं । आर्थिक आम्दानी गर्न सक्छौं ।’

सांसद सापकोटाले रक्सी र गाजाँलाई सामान्य रुपमा उत्पादन र बिक्रि वितरण गर्न नदिने हो भने अन्यथा, गाउँघर रित्तियो र रहेकाहरु भोकभोकै मर्ने अवस्था छ भनिरहनुको अर्थ नहुनेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्