Logo

सभामुख देवराज घिमिरेले उठाए स्थिर सरकारको कुरा, निर्वाचन पद्धतीमाथि उठाए प्रश्न



काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको टिप्पणी गरेका हुन् । उनले भने,‘निर्वाचन सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

यस्तै, सभामुख घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको टिप्पणी गरे । घिमिरेले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको आवश्यकत्ता औंल्याए । उनले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर गरेको सुनाए ।

पछिल्लो समय नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचन प्रणाली फेर्नको लागि एमाले र कांग्रेसबीच सहकार्य अनिवार्य भएको विषय उठाएका थिए । उनीहरुले निर्वाचन प्रणाली नफेरेसम्म साना साना दलले बार्गेनिङ गर्ने र सरकार सधैं अस्थिर हुने टिप्पणी गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot