Logo

बागमती सरकार विस्तार: एमालेका थपलियाले लिए अर्थमन्त्रीको शपथ



काठमाडौं,१७ चैत । बागमतीमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेका हुन् । उनी आर्थिक मामिला मन्त्री बनेका छन् ।

थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन्।

यसअघि २६ पुस २०७९ मा अर्थ मन्त्रीमै नियुक्त भएका थपलियाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै १० चैत्र २०७९ मा पदबाट राजीनामा दिएका थिए।

सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्रीसहित एमाले सरकारमा सहभागी भएको थियो । समीकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot