Logo

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित सम्मानित



काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. पण्डित सम्मानित भएका हुन् ।

प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘विदेशमा उच्च शिक्षा हासिल गरेर त्यहाँको अवसरहरुलाई छाडेर मातृभूमि नेपालकै सेवाका लागि भन्दै नेपालमा फर्किएर यहाँको कानून, न्याय, शिक्षा र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढि समयदेखि निरन्तर सक्रिय रहँदै तपाईंले यसको विकास र सम्र्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । विज्ञतासहित सो क्षेत्रमा सदैव समर्पित रही तपाईंले पुर्याउनु भएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदरस्वरुप रिपोर्टर्स क्लब नेपाल तपाईं श्री प्रा.डा. गान्धी पण्डितज्यूलाई २६औं वार्षिकोत्सव–२०८० को अवसरमा विशेष सम्मानद्धारा अभिनन्दन गर्दछ । तपाईंको सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot