Logo

प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ सञ्चारकर्मी सुवेदी सम्मानित



काठमाडौं, १७ चैत्र । वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सञ्चारकर्मी सुवेदी सम्मानित भएका हुन् ।

प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरमा प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ–‘नेपाली पत्रकारिता पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहँदै देश र जनतालाई सुसूचित गराउँदै समग्र पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको तपाईं सम्मानित व्यक्तित्व हुनुहुन्छ । अझै बढी पत्रकारिताको चलचित्र पत्रकारितामार्फत तपाईले नेपाली चलचित्र र संगितलाई विश्वभरी परिचित गराउँदै यसको विकास र विस्तारमा तपाईंले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । तपाईंले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदरस्वरूप रिपोर्टर्स क्लब नेपाल तपाईं श्री प्रकाश सुवेदीज्यूलाई २६औं वार्षिकोत्सव–२०८० को अवसरमा विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ । तपाईंको सुस्वास्थ्य र दिर्घ जीवनको शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot