Logo

टीआरसी विधेयकलाई दलहरुले बार्गेनिङको विषय बनाएको माओवादीको आशंका



काठमाडौं,१८ चैत । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले शान्तिप्रकृयालाई निष्कर्षमा पुर्याउने कामलाई बागेर्ननिङको विषय नबनाउन सबै दलसँग आग्रह गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले शान्तिप्रकृयालाई टुंगोमा पुर्याउने काम सबै दलको भएको बताउँदै कसैले पनि बार्गेनिङ गर्न नहुे बताए । उनले संसद्मा विचाराधीन रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित टीआरसी विधेयकलाई सबैदलले महत्व दिएर तत्काल पास गर्नुपर्ने बताए । उनले सशस्त्र आन्दोलन सकिएको २ दशक हुन लाग्दा पनि टीआरसी टुंगिन नसक्नु दुख्द भएको बताए ।

उनले भने ‘टीआरसीसँग सम्बन्धित कानून बनिसकेको छैन । हामी दलका प्रतिनिधिहरू यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानूनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ । यो कानून लगायत अन्य थुप्रै कानूनहरू पनि हामीले गर्नुपर्नेछ । शिक्षा ऐन, निजामती ऐन ल्याउन सकेका छैनौं । वन ऐन, प्रहरी ऐन, भूमी ऐन जस्ता कानूनहरु हामीले ल्याउन नसक्दाखेरी तीन तहको सरकारको संरचना व्यवस्थित रुपमा जनताका बीचमा कार्य सम्पादनमा आगाडि बढेर नागरिकलाई विश्वस्त दिलाउन सकेका छैनन् । यी सरकारलाई प्रभावकारी बनाउन कानूहरूको आवश्यकता छ । सदन कटाक्ष गर्ने थलो नबनोस् । सदन परिणाममुखी थलो बनोस्’ ।



प्रतिक्रिया दिनुहोस्