Logo

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसले आजपनि गृहमन्त्रीको राजीनामा माग्यो (लाईभ)



काठमाडौं, चैत १९ । संघीय संसदको प्रतिनिधि सभा बैठक सुरुभएको छ । अहिले बिहान ११ बजे बाट बैठक सुरु भएको हो आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको राजीनामा माग्दै विरोध गरेको छ । सभामुख घिमिरेले प्रतिमा गौतमलाई बोल्न समय दिए । सांसद गौतमले उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै आपत्ति जनाईन् । उक्त घटना छानविनका लागि संसदीय समिति नै अन्तिम विकल्प रहेको उनको भनाइ छ ।

यस्तै, आजको बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्