Logo

कांग्रेसले संसद्मा सोध्यो: रविविरुद्धको उजुरी कागजमा नलेखेर ताम्रपत्र र स्वर्णपत्रमा लेख्नुपर्ने हो ?



काठमाडौं,१९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकारनै उद्दत भएको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बकैठकमा विशेष समय लिएर बोल्दै नेतृ प्रतिमा गौतमले गृहमन्त्रीलाई जोगाउन सरकार लागिपरेको आरोप लगाईन् । उनले संसद्मा गृहमन्त्रीविरुद्ध उठेको प्रश्मा प्रधानमन्त्रीले आफै न्यायाधीशले झै फैसला सुनाएको आरोप लगाईन् । ‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामाभन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्दत भएको देखिन्छ,’ उनले भनिन्।

नेतृ गौतमले आफूविरुद्ध परेको उजुरीलाई लामिछानेले हलुकारुपमा लिएको आरोप लगाईन् । उनले कागजको पानामा परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको भन्दै रविविरुद्ध उजुरी दिन ताम्रपत्र र स्वणैपित्र चाहिने हो भन्दै प्रश्न गरिन् ।

‘प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौं वारिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ,’ उनले भनिन्, ‘आरोपित गृहमन्त्री आफूविरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। दु:ख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई हुन्थ्यो नि सभामुख महोदय।’



प्रतिक्रिया दिनुहोस्