Logo

चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ?: सांसद मनिष झा



काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशले नकरात्मकताको क्षतिपूति तिरिरहेको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले केन्द्रबाट खटाईएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखका कारण मधेश सदैव नकरात्मकताको भूमरिमा फसेको बताएका हुन् ।

‘चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ । काठमाडौंमा सुनिन्छ, कसैको ड्राइभिङ लाइन्सेन्स छैन भने मधेश झरौँ न, एसईई पास हुन सकेन भने मधेश झरौँ भन्ने सुनिन्छ । त्यसको इमेजको मूल्य मधेशले तिरिरहेको छ, त्यो हामीले किन तिर्ने ?,’ उनले प्रश्न गरे ।

केन्द्रबाट खटिएका सरकारी अधिकारीले छुट दिएकाले मधेशले नकारात्मक दोष बोक्न बाध्य भएको झाको भनाइ थियो । ‘यहाँबाट खटिएका सीडीओ, एसपी, सबै अधिकारीहरूले छुट दिइरहेका छन् । त्यसको मूल्य मधेशले तिरिरहेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot