Logo

आज चौथोपटक विश्वासको मत लिंदै कर्णालीका मुख्यमन्त्री, यस्तो छ अंकगणित



काठमाडौं, चैत २० । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज चौथोपटक विश्वासको मत लिंदै छन्। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै उनले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत वर्ष वैशाख १५ गते तेस्रोपटक विश्वासको मत लिएका थिए। ०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसपछि उनले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ प्रदेश सभा सदस्य आवश्यक पर्छ।



प्रतिक्रिया दिनुहोस्