Logo

मुख्यमन्त्रीसँग छलफल गर्न कँडेल फेरि शर्मा निवासमा



काठमाडौं,२० चैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेश मुख्यमन्त्री राजकुमार शर्मालाई भेट्न उनको निवास पुगेका छन् ।

यसअघि बिहान पनि कँडेल र शर्माबीच भेट भएको थियो । तर, सो भेटमा कुनैपनि सहमति नजुटेपछि उनी बाहिरिएका थिए ।

कँडेलसँग छोटो छलफलपछि माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । त्यसयता पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल भइरहेको छ। सोही छलफल चलिरहँदा फेरि कँडेल पनि पुगेका हुन् ।

कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ । केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री शर्माले राजीनामा दिनुपर्ने एमालेको अडान छ भने कर्णाली छाड्न नसक्ने माओवादीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot