Logo

४४८ दिन कर्णालीमा सत्ताको बागडोर सम्हालेका शर्माले के-के गरे, यस्तो छ प्रगति विवरण (पूर्णपाठसहित)



काठमाडौं,२१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिएका हुन् ।

‘सामन्ती एकात्मक मानसिकता राखेर गठबन्धनको नाममा सत्ताको खेल भइरहनाले; विश्वासको संकट भइरहने दलीय प्रणालीले संघीयतालाई नै कमजोर बनाउँछ। राजनीतिप्रति वितृष्णा बढाउँछ। जसका कारण देश र जनता कसैको पनि भलाइ हुँदैन। जनतामा नैराश्यता बढ्दै जान्छ। म रोष्ट्रममा आउँदै गर्दा विश्वासको मत लिने परिवेश बदलिएको छ। म अहिले विश्वासको मत लिन गइरहेको छैन। यस प्रकारको राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखिइ आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले भने।

कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको उक्त सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न आनाकानी गरेकोमा लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् ।

उनले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री शर्मा ०७९ पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । करिब ४४८ दिन कर्णालीको सत्ताको बागडोर सम्हालेका उनले यो अवधिमा गरेका सबै कामको विवरणसमेत सार्वजनिक गरेका छन् ।


शर्माले प्रदेशसभामा गरेको सम्बोधनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्

Screenshot