Logo

१९ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूचीसहित)



काठमाडौं, चैत २२ । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको बढुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको जनाएको छ ।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको थियो । सोहीअनुसार बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot