Logo

राष्ट्रिय मुक्ति क्रान्तिले भोलि काठमाडौंमा बृहत्त प्रदर्शन गर्दै



काठमाडौं, २३ चैत्र । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाको लागि भोलि चैत्र २४ गते काठमडाौंमा बृहत्त जनप्रदर्शन हुने भएको छ ।

नेवाः राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी र स्वनिगः (उपत्यका) विशेष व्यूरोका संयोजक रविन्द्र कुमार श्रेष्ठको संयुक्त हस्तारमा जारी विज्ञप्तीमा भनिएको छ–‘नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरुमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डलसहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नको लागि भोलि २०८० चैत्र २४ गते दिनको ११ बजे वसन्तपुरमा भेला भई तिं ख्यः (खुला मञ्च) जाने कार्यक्रम तय भएको जानकारी गराउन चाहन्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot