Logo

नेविसंघले १२औं महाधिवेशन ०८१ को पुसभित्रै गर्ने



काठमाडौं, २३ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । हिजो (बिहीबार) सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महाधिवेन आगामी वर्षको पुष मसान्तभित्र सम्पन्न गर्ने निर्णय लिएको हो । यद्धपी मिति भने पार्टी नेतृत्वसँग समन्यव गरेर तय गर्ने भनिएको छ । हिजोको बैठकले महाधिवेशनको मिति तयसँगै विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot