Logo

गण्डकीमा खगराज अधिकारीले खाए मुख्यमन्त्रीको शपथ



काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

अधिकारीसँगै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) ले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । 

 यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री खाएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot