Logo

मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु



काठमाडौं, चैत २६ । मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ । डुंगामा सबार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ ।

नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् ।

यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ । सामाजिक संजालमा पोष्ट गरिएको अप्रमाणित भिडियोमा समुद्री तटमा दर्जनौ शवहरु लडिरहेको अवस्थामा देखिन्छ ।

डुङ्गा लुङ्गाबाट नामपुला प्रान्तको तटमा रहेको मोजाम्बिक आइल्याण्डतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । गत वर्षको जनवरीदेखि दक्षिणी अफ्रिकाका धेरै देशहरूमा फैलिएको हैजाको प्रकोपबाट नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot