Logo

सहकारीको हिसाब-किताब मिलाउँदै हिँड्न संसदीय छानबिन समिति बनाएर सकिँदैन: कानूनमन्त्री गिरी



काठमाडौं,२६ चैत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गराउन सरकार लागिपरेको बताएका छन् ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरी सहकारीको हिासव किताब मिलाउँदै हिँड्न संसदीय छानबिन समिति बनाएर साध्य नहुने पनि बताए ।

“संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।”

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर, सरकारले भने छानबिन समितिको जरुरी नरहेको बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot