Logo

हिमाल चढ्न ५१२ जनाले लिए अनुमति, ३४ करोड बढी सलामी दस्तुर संकलन



काठमाडौं, चैत २९ । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि ५१२ जनाले अनुमति लिएका छन् ।

उनीहरुले १९ वटा हिमालका लागि आरोहण अनुमति लिएका हुन् । विभागका पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहण अनुमतिबारे जानकारी गराउँदै यस वसन्त सिर्जनका लागि ५१२ जनाले आरोहण अनुमति लिएका बताए ।

यसमध्ये पुरुष ३९६, महिला ११६ जना छन् । आरोहण अनुमति लिएका हिमालहरु सगरमाथा, अन्नपूर्ण १, हिमलुङ, जुगल ३, अमा दब्लम, पुथा हिमचुली, खाङ्ग्री सार, कञ्चनजंगा, धौलागिरी, तेङ्गपोचे, तेङ्कोमा, मकालु, लोत्से, जुगल १, जुगल ५, जुगल २, पुमोरी, लिङट्रेन, थोराङ पिक हुन् ।

उक्त आरोहीहरुबाट सरकारले ३४ करोड ४३ लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर संकलन गरेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot