Logo

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य सिफारिश, मन्त्रिपरिषद् बैठकअघि ओलीले सिंहदरबार लगेका थिए



काठमाडौं, ३० चैत्र । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा पूर्वराजदूत डा. अञ्जान शाक्यलाई सिफारिस गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठक बस्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार लिएर गएका थिए । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएका थिए ।

कांग्रेस, माओवादीसहितको पूरानो गठबन्धन हुँदा सो पदको लागि दुर्गा पौडेलको नाममा सहमति भएको थियो । तर, प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि अञ्जान भाग्यशाली सावित भईन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot