Logo

इलाम पुगेका गगनको उद्घोष : डम्बर खड्कालाई निर्वाचित गर्न इलाम-२ तयार छ



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इलाम २ कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई निर्वाचन गर्न तयार रहेको बताएका छन् । खड्कालाई जिताउन इलाम पुगेका थापाले यस्तो बताएका हुन् । उनले यो उपनिर्वाचनमा इलाम चिनेको, इलामवासीका समस्या बुझेको र समाधानको लागि निरन्तर लागिपरेको अनि समस्या बल्झाउन नभई सम्हाल्नसक्ने व्यक्तिलाई प्रतिनिधि चयन गर्न इलाम तयार रहेको बताएका हुन् ।

चुनावी कार्यक्रमको तस्विरसहित थापाले फेशबुकमा लेखेका छन्-

इलाम तयार छ!

इलामको फाकफोकथुम गाउँपालिकाको सिकारी भञ्ज्याङ्, आमचोक लगायतका ठाँउमा पुग्दै गर्दा इलाम–२ मा हुन लागेको उप–चुनावमा इलाम चिनेको, इलामवासीका समस्या बुझेको र समाधानको लागि निरन्तर लागि परेको अनि समस्या बल्झाउन होइन सम्हाल्न सक्ने व्यक्तिलाई प्रतिनिधि चुन्न इलाम तयार छ ।

चुनावपूर्व हुने दलीय गठबन्धनको रीति तोडेर नेपाली कांग्रेस यो चुनावी मैदानमा छ । कांग्रेसको यो चुनावी यात्रामा ’रुख’ चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई निर्वाचित गर्न इलाम–२ तयार छ ।



प्रतिक्रिया दिनुहोस्