![](https://reportersnepal.com/wp-content/uploads/2024/01/sureshchandra-rijal_7QTuLu4z4H-768x386.jpg)
काठमाडौं, वैशाख १ । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०.० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाइन्छ ।
नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहेको छ। कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने गर्छन् । नेवार समुदायहरूले कात्तिक महिनामा पर्ने गोवर्द्धन पूजाका दिन नयाँ वर्ष भव्य रूपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने गरिन्छ ।
यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा मनाउने गरेका छन् । विभिन्न समुदायले विभिन्न समयमा मनाउँदै आएको नयाँ वर्ष वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकोले यसै दिनदेखि नयाँ वर्ष प्रारम्भ हुने वैदिक तथा पौराणिक मान्यता छ ।
‘चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’
माथिको श्लोलाई अध्ययन गर्दा ब्रह्माजीले सृष्टिको प्रारम्भ पनि यसैदिनबाट गरेका हुन् भन्ने बुझिन्छ । नेपालमा आधिकारिक रूपमा मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेष गरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको ऐतिहासिक मान्यता रहिआएको छ । संवत्सर परिवर्तन हुने दिनको बार र नयाँ वर्ष प्रारम्भ हुने वैशाख १गते जुन बार पर्छ त्यसैका आधारमा वर्षका राजा र मन्त्री चयन हुने ज्योतिष शास्त्रीय नियम रहिआएकाले यस वर्ष राजा मंगल र मन्त्री शनि रहेका छन् ।
ज्योतिषीय आधारमा नयाँ वर्ष २०८१
रोगवृद्धिः प्रजायेत कालयुक्ते विशेषतः।
राजयुद्धं भवेद घोरं वृष्टिर्घोरा वरानने।।
ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यस वर्ष ूकालयुक्तू नामक संवत्सर ५२अौ संवत्सरका रुपमा वर्षभरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक हुने देखिन्छ भने आर्थिक संकट झनै गहिरिँदै जाने योग बनेको छ। हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाइ वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर रहने संवत्सरको फलमा उल्लेख गरिएको छ ।
वर्ष प्रारम्भबाटै दुई गुरु एउटै महिनामा अस्त हुनुलाई पनि राम्रो र शुभ संकेतका रुपमा हेरिएको छैन । रोजगारि र अध्ययनका लागि विदेश जाने क्रम रोकिने छैन । विशेष गरी आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले पुस मसान्तसम्म निक्कै कठिनाइको सामना गर्नुपर्ने देखिएको छ। लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा असार २० पछि लयमा फर्कने कोशिस गर्ने छ । शनिबार र मंगलबारबाट महिना प्रारम्भ हुनुलाई राम्रो र फलदायी मान्न नसकिने हुँदा बर्ष २०८१ भर यो अवस्था दोहोरिरहने छ । शनिको उच्च प्रभाव वर्षभरि परिरहनाले देश विकासको चासो विदेश बस्नेहरुले गर्ने सम्भावना रहेकाले नयाँ परिवर्तन हुने सम्भावना देखिन्छ।
नयाँ संवत्सर प्रारम्भ हुने दिन जुनबार पर्छ त्यही बारका अधिपति देवता वर्षको राजा र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ त्यो बारका अधिपति देवता वर्षको मन्त्री हुने शास्त्रीय नियमलाई आधारमान्दा यसवर्षका राजा ९शासनाध्यक्ष० मंगल ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शनिबार परेकाले वर्षभरि शनि ग्रह मन्त्री पदमा आसीन हुनेछन् । अतः राजा मंगल र मन्त्री पदमा शनि ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ । वर्ष मिश्रित फलदायी रहने संकेत देखिएको छ ।
वर्षका राजा मंगल ग्रहको फल
अग्नि(तस्कर(रोगाढयो नृपविग्रहः दायकः।
गतसस्यो बहुव्यालो भौमाब्दो बालहा भृशम्।।
वर्षका राजा मंगल ग्रह वर्षभरि राजाको भुमिकामा शक्तिशाली पदमा रहने छन् ।
राजा र मन्त्री दुबै एक अर्काकामा बिरोधि ग्रह भएकाले सरकार बनाउने र भत्काउनेमा नै सम्पूर्ण शक्ति लगाइने भएकाले जनतामा नैराश्यता र आक्रोसको भावना पैदा हुने छ ।अग्निभय,सवारी तथा हवाई दुर्घटनामा वृद्धि हुनुका साथै चोरडाँकाको भय शासकहरुमा विग्रहको मनस्थिति पैदा हुने, रोगव्याधिको उच्च प्रकोपको सामना गर्नु पर्ने वर्ष रहेको छ। कर्मचारीहरुमा निरासापन, पहेँला वस्तुको मुल्य निरन्तर बढ्दै जाने जस्ता प्रभावहरू निरन्तर हुने सम्भावना रहेको छ।
वर्षका मन्त्री शनि ग्रहको फल
रविसुते यदि मन्त्रिणि पार्थिवा विनय संहिता बहुदुःखदाः।
न जलदाय जलदाय जनतापदा जनपदेषु सुखं न धनं क्वचित्।।
ग्रहहरुका न्यायाधीश शनि मन्त्रीको भूमिकामा रहनाले धर्म मान्नेहरू उल्लेख्य रुपमा वृद्धि हुनेछन् देशैभर पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा जनताहरु लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरञ्जनका क्षेत्र निकै आलोचनात्मक ढंगबाट अगाडि बढ्नेछन् । अनैतिक रुपमा लाग्नेहरुलाई बचाउ गर्नेहरुका लागि शनिको नकारात्मक प्रभाव परिरहने छ । आ(आफ्नो अस्तित्त्व जोगाउन दलहरूलाई निकै मेहनत गर्नुपर्ने देखिएको छ । विदेशी चलखेल अधिक मात्रामा बढ्नेछ भने सहयोग सोचेअनुसार नहुने देखिन्छ ।