Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, वैशाख २ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले ८ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो। संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आज रातिबाट संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ।
कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot