Logo

मैले दलको सदस्यता लिएको पहिलो दल नै राप्रपा हो, ०५१ मा हलो छापमा मतदान गरेको थिएँ : प्रदीप यादव



काठमाडौं, २ बैशाख । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले आफूले दलको पहिलो सदस्यता नै राप्रपाको लिएको स्मरण गराएका छन् । सूर्य बहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा अतिथिको रुपमा सम्बोधन गर्दै यादवले यस्तो स्मरण गराएका हुन् ।

उनले आफूले जीवनमा पहिलोपटक मतदान पनि राप्रपाकै हलो छापमा गरेको स्मरण गराए । उनले सूर्य बहादुर थापाकै प्रेरणाको कारण आफूले हलो छापमा मतदान गरेको दाबी गरे । उनले आफूले राप्रपामा लामो समयसम्म काम गरेको क्षेत्रिय सभापतिसम्म भएको सुनाए ।

उनले थापाले मधेशलाई अघि बढाउने कुरामा विशेष ध्यान दिएको र मधेशका महिलाहरुलाई पनि माथि उठाउनको लागि भूमिका खेलेको सुनाए । उनले स्वर्गीय समावेशिताको पनि ख्याल गर्ने नेताहरुमध्येमा पर्ने बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्