Logo

प्रकाशचन्द्र लोहनीको नजरमा सूर्य बहादुर थापा : आँटिलो र बहुआयामिक व्यक्तित्व



काठमाडौं, २ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापालाई बहुआयातिक व्यक्तित्वको रुपमा सम्झिएका छन् । सूर्य बहादुर थापाको नवौं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता लोहनीले थापालाई आँटिलो व्यक्तित्वको रुपमा चित्रण गरे ।

उनले स्वर्गीय थापा जाँच दिने विद्यार्थीजस्तै अध्ययन गर्ने नेता र व्युरोक्रेसीमा राम्रो प्रभाव राख्ने नेता भएको पनि सुनाए । कर्मचारीतन्त्रले पनि थापालाई राम्रो विश्वास गर्ने गरेको लोहनीले सुनाए ।

उनले थापाले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राख्ने गरेको स्मरण गराए । सो क्रममा उनले नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दे देशको हितमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot