Logo

संसद् भवन परिसरमा ओलीको टिप्पणी : कांग्रेसले आक्रोश, पीडा अलिक जे पायो त्यही बोलिराखेको छ



काठमाडौं, २ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले आक्रोश, पीडा अलिक जे पायो त्यही बोलिराखेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिएर फर्किने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले यस्तो बताएका हुन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य भएकोमा नेपाली कांग्रेसले दलको बैठक राखेर कडा निन्दा गरेपछि एमाले अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । उनले भने,‘कांग्रेसले आक्रोश, पीडा अलिक जे पायो त्यही बोलिराखेको छ । त्यस्तो गर्नुहुँदैन् । संसदीय प्रणालीलाई हामीले प्रणालीको रुपमा रक्षा गर्नुपर्छ । त्यसको एउटा मर्यादाको सिमा हुन्छ । हामीले समन्वयकारी भूमिका खेलिराखेका छौं । तर, उहाँहरु तर्कमा आउनुहुन्न । निधै जिद्दीमा जानुहुन्छ । त्यो अलिकति तरिका उहाँहरुले सच्याउनुपर्छ ।’

उनले यसमा आवेग वा उत्तेजनाको काम नभएको टिप्पणी गरे । उनले कांग्रेसले जनताको लागि भनेर आफ्नो सार्हो र गार्हो सुनाएको भन्दै संयमित ढंगले र विधिअन्तर्गत समाधान गर्न पनि सुझाव दिए । file photo



प्रतिक्रिया दिनुहोस्