Logo

अहिलेको व्यवस्था ढाल्नको लागि सन्त/महन्तलाई सडकमा उत्रिन रविन्द्र मिश्रको अपिल



काठमाडौं, २ बैशाख । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेको व्यवस्था ढाल्नको लागि देशभरिका सन्त तथा महन्त र तिनका लाखौं अनुयायीहरुलाई सडकमा उत्रिनको लागि अपिल गरेका छन् । पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता मिश्रले यस्तो बताएका हुन् । उनले सन्त तथा महन्त जाग्ने र सडकमा उत्रिने हो भने अहिलेको व्यवस्था ढाल्न अर्को कुनै शक्ति नचाहिने पनि टिप्पणी गरेका छन् ।

उनले धर्म–संस्कृतिमा भाँडभैलो गर्नेहरूलाई सन्तहरुले भोट दिन नहुने धारणा राखेका छन् । उनले भने,‘भोट चाहिँ धर्म तथा संस्कृति मास्नेलाई दिने अनि हिन्दू अधिराज्य चाहियो भनेर प्रवचन दिएर हिन्दू अधिराज्य आउँदैन। अझै कयौँ सन्त/महन्त हिन्दूराष्ट्रु भन्नुहुन्छ। गणतन्त्र भित्र आएको हिन्दूराष्ट्रुले अर्थात मियो बिनाको हिन्दूराष्ट्रले हिन्दू धर्म, यो देशको शान्ति, स्थिरता र सामाजिक सौहार्दताको रक्षा गर्न सक्दैन। त्यसले देशको दिर्घकालीन हित गर्न सक्दैन। त्यसैले हिन्दूअधिराज्यू भन्ने गरौँ, हिन्दूराष्ट्रु होइन ।’

उनले फेशबुकमा लेखेका छन्–

पोखरामा देशका केही प्रभाशाली सन्त/महन्तको उपस्थितिमा भनियो:
देशभरी रहेका सन्त/महन्त, तिनका लाखौँ अनुयायी र अन्य भक्तजनहरू नेपाललाई “हिन्दू अधिराज्य” बनाउने कुरामा गम्भिर हो भने:
१) अब उहाँहरू जाग्नुपर्यो र सडकमा उत्रिनु पर्यो। उहाँहरू सडकमा उत्रिने हो भने यो व्यवस्था ढाल्न अर्को कुनै शक्ति चाहिँदैन।
२) आ-आफ्ना आश्रम र पीठ चलाउन सबै पार्टीको सहयोग चाहिन्छ भनेर मौन बस्ने हो भने उहाँहरूलाई धर्म-संस्कृति मासियो भनेर गुनासो गर्ने अधिकार छैन।
३) धर्म-संस्कृतिमा भाँडभैलो गर्नेहरूलाई उहाँहरूले भोट दिन भएन। भोट चाहिँ धर्म-संस्कृति मास्नेलाई दिने अनि हिन्दू अधिराज्य चाहियो भनेर प्रवचन दिएर हिन्दू अधिराज्य आउँदैन।
४) अझै कयौँ सन्त/महन्त ‘हिन्दूराष्ट्र’ भन्नुहुन्छ। गणतन्त्र भित्र आएको ‘हिन्दूराष्ट्र’ले अर्थात मियो बिनाको हिन्दूराष्ट्रले हिन्दू धर्म, यो देशको शान्ति, स्थिरता र सामाजिक सौहार्दताको रक्षा गर्न सक्दैन। त्यसले देशको दिर्घकालीन हित गर्न सक्दैन। त्यसैले “हिन्दूअधिराज्य” भन्ने गरौँ — ‘हिन्दूराष्ट्र’ होइन।



प्रतिक्रिया दिनुहोस्

Screenshot