Logo

एसीसी प्रिमियर कप क्रिकेट : आज नेपाल र हङकङ भिड्दै



काठमाडौं, वैशाख ३ । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र हङकङबीचको खेल हुँदैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ भने दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्