Logo

सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि



काठमाडौं, वैशाख ४ । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा आजदेखि सुरु हुँदै छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पु¥याउने चलन चल्दै आएको हो ।

जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पु¥याइन्छ । जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । संस्कृति अभियन्ता राजन महर्जनका अनुसार तीनधारामा पु¥याइएको सेतो मत्स्येन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर रथमा राखी तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु¥याइन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन सातदेखि आठ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ । रथ बनाउने कार्यमा काठमाडौँका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ । पाङ्ग्रादेखिमाथि गजुरसम्मै रथ निर्माण गर्ने र यात्रा सकिएपछि रथका पूर्जाहरू खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot