Logo

पर्यटनमन्त्री तामाङलाई भेटेर जुलीले भनिन्–जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्याकेज बनाउनुहोस



काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) की प्रभावशाली नेृत तथा सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई बृहत्त पर्यटकीय नगरीको रुपमा विकास गर्नको लागि प्याकेज बनाउन माग गरेकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ्लाई सिंहदरबारस्थित् मन्त्रालयमा भेटेर सांसद महतोले यस्तो माग गरेकी छिन् । उनले जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नको लागि पनि विशेष भूमिका निर्वाह गर्न मन्त्रीसमक्ष आग्रह गरिन् ।

यस्तै, जनकपुर विमानस्थलको स्तरोन्नति गर्दै सो विमानस्थलाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्नपनि उनको माग छ । यस्तै, जनकपुरको राजदेवी मन्दिरको सौन्दर्यकरणको विषय पनि उनले मन्त्रीसँगको भेटमा उठाएकी छिन् । धनुषा–३ मा निर्वाचित सांसद महतोले जनकपुरको विकासको लागि सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot