Logo

नेपाल र साउदी अरबबीचको खेल आज



काठमाडौं, वैशाख ५ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार अहिले बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल अहिलेसम्म अपराजित बन्दै सेमी फाइनलमा पुगिसकेको छ । यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।।



प्रतिक्रिया दिनुहोस्