Logo

एमाले–कांग्रेसको सरकार पहिल्यै माओवादी कांग्रेससँग सहकार्यमा फर्कने कांग्रेस सांसद बजगाईंको दाबी



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद राजेन्द्र बजगाईंले एमाले र कांग्रेसको सरकार बन्नुअघि नै माओवादी केन्द्र कांग्रेससँग सहकर्यामा फर्कने दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्को चुनाव नभएसम्म कायम रहने दाबी गरेपछि सांसद बजगाईंको यस्तो टिप्पणी आएको हो ।

उनले ‘अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ’ भन्ने प्रधानमन्त्री दाहालको भनाई उल्लेख गर्दै उक्त भनाईको विश्लेषण सुनाउने क्रममा यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले वर्तमान सरकार कायम रहने भन्नुले सरकारमात्रै कायम रहने तर गठबन्धन नरहने भनेको भन्ने अर्थले पनि बुझ्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले हिजो (मंगलबार) नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको उल्लेख गर्दै अर्को निर्वाचन नभएसम्म सरकार कायम रहने दाबी गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्