Logo

पूर्वमन्त्री डा. महतोद्वारा मिर्चैया हिलपार्कको शिलान्यास, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता



काठमाडौं, ६ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैयामा मिर्चैया हिलपार्कको शिलान्यास गरेका छन् । पूर्वमन्त्री समेत रहेका महतोले सो पार्क निर्माणको लागि आज शिलान्यास गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

शिलान्यासपछि संक्षिप्त सम्बोधन गर्दै सांसद महतोले पार्क बनाएर नयाँ सुरुवात गरेको र पार्क पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास दिलाए । पार्क स्वास्थ्यको लागि पनि लाभदायी रहेको भन्दै यसलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनको प्रतिबद्धता छ ।

यसको लागि स्थानीय, प्रदेश र संघीय सरकार मिलेर काम गर्नुपर्ने महतोको सुझाव छ । उनले पार्कको स्तरोन्नतीको लागि सबैले हातमा हात र काँधमा काँध मिलाएर जानुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्