Logo

एमाले र माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव पेश गर्न आह्वान गरिएको कोशी प्रदेश सभाको बैठक जारी {LIVE}



काठमाडौं, ६ वैशाख । कोशी प्रदेश सभाको बैठक सुरु भएको छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव पेश गर्नका लागि आजको बैठक आह्वान गरिएको हो । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८८ (३) बमोजिम अधिवेशन आह्वान गरेका थिए ।

आजको बैठकमा एमाले–माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव पेश हुने बताइएको छ । संकल्प प्रस्ताव दर्ता भएपनि आज छलफल नहुने बताइएको छ । नेकपा (एमाले) ले भने संकल्प प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्