Logo

प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सुदूरमा उपयुक्त पात्रबाट मुख्यमन्त्रीमा दाबी पेश हुन्छः महेश बर्तौला



काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सुदूरपश्चिममा प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सत्तारुढ गठबन्धनभित्रैबाट उपयुक्त पात्रले दाबी पेश गर्ने बताएका छन् । उनले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने संकेत गरे । कसैलाई भोट दिनुपर्छ भने उक्त व्यक्तिको विगत र वर्तमान बारे पनि छलफल हुन उपयुक्त हुने बर्तौलाको भनाइ छ ।

‘हामीले कसैलाई भोट दिनुपर्छ भने पात्र यस्तो भए हुन्थ्यो भन्ने सुझाव आउन सक्छ । त्यो पाटोलाई पनि ख्याल गरेर अगाडि बढ्नुपर्ने हुन्छ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र उपयुक्त पात्रको दाबी पेश हुन्छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले भने ।

सुदूरको मुख्यमन्त्री कसलाई समर्थन गरेर जाने भन्नेबारे छलफल जारी रहेको उनले बताए । नेकपा (एस) का दीर्घ सोडारीका बारेमा प्रश्नहरु सिर्जना भएको उनको भनाइ छ ।

सुदूरपश्चिममा प्रदेश प्रमुख नजीर मियाँले सरकार गठनका लागि दलहरुलाई गरेको आह्वानको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सत्ता गठबन्धनले सुदूरमा नेकपा (एस) का संसदीय दलका नेता सोडारीलाई अघि सारेपनि एमालेले स्वीकार गरेको छैन । सोडारीबाहेक जो–कोहीलाई मुख्यमन्त्री स्वीकार गर्न सकिने एमालेको अडान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot