Logo

बझाङ–१ (ख) उपनिर्वाचन : एमाले र कांग्रेसका उम्मेद्वारबीच चुनावी प्रचारमा हार्दिकता



काठमाडौं, ६ बैशाख । यही बैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ–१ (ख) मा चुनावी प्रचारप्रचारमा उम्मेद्वारहरु व्यस्त छन् । सो क्षेत्रमा मुख्य दलहरु कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी सबैले उम्मेद्वारी दिएका छन् । मुख्य प्रतिष्पर्धा भने एमाले र कांग्रेसबीच हुने भनिएको छ। एमालेले सो क्षेत्रमा दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाएको छ । कांग्रेसले भने सो क्षेत्रमा यसअघि निर्वाचित पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई उठाएको छ । पृथ्बीबहादुरको निधन भएपछि सो क्षेत्रमा अहिले उपनिर्वाचन हुन लागेको हो ।

मुख्य प्रतिष्पर्धी मानिएका भण्डारी र सिंहबीच चुनावी प्रचारप्रसारको क्रममा जम्काभेट हुँदा हार्दिकता देखिने गरेको छ । आजपनि दुई उम्मेद्वार आमनेसामने भएका थिए । एमालेको चुनावी कमाण्डर बनेका ऐन महरका अनुसार बझाङमा स्वस्थ प्रतिष्पर्धा हुनेछ । उनले भेटपछिको सामूहिक तस्विर साझा गर्दै फेशबुकमा लेखेका छन्–

घर दैलोको क्रममा सुर्मा गाउँपालिकामा नेपालि कांग्रेसका उम्मेदवार अभिषेक सिंहको टोलि संग भेट भए पस्चात नेकपा एमालेका उम्मेदवार दमन भण्डारी सहित सामुहिक तस्विर ! एउटा फरक अनि नयाँ संस्कृतिको निर्माण गर्नु हामि सबैको साझा दायित्व हो ।चुनावमा अस्वस्थ होइन स्वस्थ प्रतिस्पर्धा गर्नु पर्दछ र सौहार्दपुर्ण वातावरणको निर्माण गरौं । दुवै उम्मेदवारलाई बिजयको शुभकामना । जयनेपाल ! लालसलाम ! !



प्रतिक्रिया दिनुहोस्

Screenshot