Logo

एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल



काठमाडौं, वैशाख ७ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल यूएईसँग खेल्दै छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल आज बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।

विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोली शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्