Logo

सुनको मूल्य १ लाख ४० हजार नजीक



काठमाडौं, वैशाख ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । बिहिबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्