Logo

लण्डन म्याराथनमा दौडिँदै नेपाली युवा कुशल दीक्षित



काठमाडौं, ७ बैशाख । नेपालका २० वर्षीया युवा कुशल दीक्षितले लण्डन म्याराथनमा भाग लिने भएका छन् । यही आइतबार हुने उक्त लण्डन म्याराथन–२०२४ मा कुशलले भाग लिने भएका हुन् ।

५० हजार भन्दा बढिले भाग लिने उक्त म्याराथनको लागि कुशलले तयारी पहिल्यैदेखि नै गरिरहेका थिए । हाल अमेरिकाको लेक फरेष्ट कलेज, अमेरिकामा स्नातक तेस्रो वर्षमा अध्ययनरत कुशल बाल्यकालदेखि नै अनुशासित छात्र हुन् ।

सन् १९८१ बाट सुरु भएको लण्डन म्याराथन विश्वमै लोकप्रिय मानिन्छ । लण्डन म्याराथन हरेक वर्ष अप्रिलमा नै हुने गर्दछ । कुशल लण्डन म्याराथनमा भाग लिनको लागि बेलायत पुगिसकेका छन् ।

लण्डन म्याराथनमा कुशलको सहभागिता देशको लागि पनि गौरवको विषय हो । यसअघि उनी भारतको नयाँ दिल्लीमा अध्ययन गर्दापनि यस्ताखालका प्रतियोगितामा भाग लिएर मेडल जित्न सफल भएका छन् । उनी नेपालको प्रतिष्ठित परिवार सुन्दरमणि दीक्षितको परिवारका सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot