Logo

ओलीसँग रिसले आगो माधव नेपालको कडा टिप्पणी : राप्रपाको भोट लिएर चुनाव जित्नेले अहिले आएर ठूलो कुरा गर्ने



काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । पछिल्लो समय ओलीले माधव नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको नाउपाका नेतालाई कांग्रेससँग मिलेर सहयोग गर्न खोजेपछि आलोचना गर्दै आएका थिए ।

ओलीले माधव नेपालले दक्षिणपन्थी चरित्र देखाएको र गठबन्धनको नाममा हैसियतभन्दा बढि नै माग्न थालेको टिप्पणी गरेका थिए । ओलीको उक्त सार्वजनिक अभिव्यक्तिप्रति आक्रोशित माधव नेपालले राप्रपाको भोट लिएर चुनाव जित्नेले ठूला गर्ने भन्दै जवाफ फर्काएका छन् ।

आज (शनिबार) काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नो दल यतिवेला महाधिवेशनको तयारीमा जुटेको भन्दै अहिलेको गठबन्धनमा आफूहरुलाई मान, सम्मान र भूमिकाको उचित सम्बोधन हुँदासम्म इमानदार हुने बताए ।उनले गठबन्धनमा अरुले निर्णय गर्ने अनि आफूहरुले पालना गर्ने कुरा अमान्य हुने टिप्पणी गरे । सो क्रममा उनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री आफूहरुलाई दिएर प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot