Logo

महिलासँग ककपिटमा टिकटक बनाउने प्रभु हेलिकप्टरका क्याप्टेन ग्राउन्डेड



काठमाडौं, वैशाख १०। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”



प्रतिक्रिया दिनुहोस्