![](https://reportersnepal.com/wp-content/uploads/2022/11/kalo-suchi-768x516.jpg)
काठमाडौं, वैशाख ११ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
गोरखापत्र दैनिकमा आज सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/04/kalo-suchi-331x768.webp)