Logo

बारपाक आज सार्वजनिक बिदा



काठमाडौं, वैशाख १२। गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज सार्वजनिक बिदा दिइएको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले आज वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो ।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखाको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत भएका नागरिकहरूको सम्मान तथा सम्झनामा आज बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जनाएका छन् ।

गाउँ कार्यपालिका बैठकले बार पाक सुलीकोट गाउँपालिका भित्रका सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै बार पाक सुलीकोट गाउँपालिकाको वडा न १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा गाउँपालिकाको तर्फबाट आज दिउँसो ११ः ४५ बजे श्रद्धाञ्जली सभाको आयोजना गरिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot