Logo

आज पुनः बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो?



काठमाडौं, वैशाख १२ । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot