Logo

लखनउले चेन्नईलाई ६ विकेटले हरायो, आज दिल्ली र गुजराज भिड्दै



काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै भेट्टायो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । जितसँगै लखनउ १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा ८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ । आईपीएलमा आज वेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot