Logo

नेपाल भ्रमण सकेर कतारका मौसूफ स्वदेश फिर्ता



काठमाडौँ, १२ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

कतारी राजा थानीको भ्रमणका क्रममा नेपाल-कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

। कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा ११ वैशाखको अपराह्न नेपाल आइपुगेका हुन् । 

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा मंगलबार साँझ राजकीय भोजको आयोजना गरेका थिए । मध्यपूर्व एसियाबाट नेपालमा पहिलोपटक यो उच्चस्तरको भ्रमण भएको हो । कतारी अमिर थानी आजै दिउँसो २ बजे फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot